Wash your hands and fingers

for any germs that lingers

के साबुन पानी ले हात धुनु भयो ?

FAQs

कोरोना भाइरसको संक्रमण हावामार्फत फैलन्छ ? के यो हावाबाट हुने भाइरस हो ?

यो भाइरस तपाई समक्ष विशेष प्रकारले मात्र पुग्नसक्छ । यो हावा, खाना वा जनावरले फैलाउँदैन । यी भाइरस कुनै सतहमा छन् भने तपाईंको हातमार्फत मुखसम्म पुग्न सक्छन् । त्यसैले यो भाइरसबाट बच्न राम्रोसँग साबुन पानीले हात धुनुहोस् वा राम्रो सेनिटाइजरको प्रयोग गर्नुहोस् । यसबाट भाइरस संक्रमणबाट जोगिन सकिन्छ ।

एक पटक निको भइसकेपछि कोरोना भाइरस फेरि बल्झिन सक्छ ?

हामीलाई यसबारे पूर्ण जानकारी छैन किनकि यो बिल्कुल नयाँ भाइरस हो, जसको बारेमा हामी पत्ता लगाउँदैछौं । 

के कोरोना भाइरस गर्मीमा मर्छ ? यदि मैले घर तातो राखेमा यो भाइरसबाट बच्न सक्छु ?

भाइरस सबै प्रकारको तापक्रममा फैलिरहेको छ । उत्तरी चीन जस्तो चिसो क्षेत्र र दक्षिण अफ्रिका र सिंगापुर जस्तो न्यानो क्षेत्रमा पनि यो भाइरस फैलिरहेको छ ।हामी विश्वास गर्दछौं कि गर्मी आउने बित्तिकै भाइरसको प्रतिक्रिया परिवर्तन हुन्छ, त्यसैले हाम्रो शरीरको प्रतिक्रिया पनि परिवर्तन हुन्छ ।

के यो भाइरस निर्मूल गर्न खोप तयार भइरहेको छ ?

विश्वका धेरै ठूला वैज्ञानिकहरू यसमा काम गरिरहेका छन् । तर खोप आउन कमसेकम १२ देखि १८ महिना (एक डेढ वर्ष) लाग्नसक्छ ।

कुन सतहमा यो भाइरस बाँच्न सक्छ ?

भाइरस शरीरको बाहिर बाँच्दैन । यो शरीरभित्र प्रवेश गरेपछि सक्रिय हुन्छ । तर यो भाइरस बिभिन्न ठोस सतहहरूमा सक्रिय रहन सक्छ । प्रारम्भिक अध्ययनहरूले देखाए कि यी भाइरसहरू ठोस सतहमा घण्टौंसम्म सक्रिय रहन सक्दछन् । यसैले हामी बारम्बार भन्दै आएका छौं कि कुनै कुरा छोएपछि साबुनपानीले हात राम्रोसँग हात धुनुपर्छ ।

गरिब एवं विकासोन्मुख देशका गरिब र अशिक्षित मानिसहरूलाई यस भाइरसको डरबाट बचाउन सरकारहरूले के गर्नुपर्छ ?

मानिसहरूले सजिलैसँग साबुन पानीले हात सफा गर्ने सुविधा उपलब्ध गराउन सरकारले ‘ह्यान्ड वासिङ्ग स्टेशन’ बनाउन सक्छ ।

 

के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?

हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ।

 

के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन। लसुन स्वास्थ्यको लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ।

 

के हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ?

हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापि प्रभावकारी हुन सक्दैन। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो। हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ। तर सबैजनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन।

के चीनबाट आएको चिठी पत्र वा कुनैपनि सामान लिनु सुरक्षित हुन्छ?

चीनबाट आएको सामान वा चिठिपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन। किनकि कोरोना भाइरस वस्तुहरू जस्तै चिठी वा बाकसहरुमा लामो समय बाँच्दैनन् भन्ने पुष्टि भइसकेको छ।

के रक्सी पिउनाले कोरोना भाइरसको संक्रमण हुँदैन?

रक्सीले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।

के बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ। तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन।

के पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ?

शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन। बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स –साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ। याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ।

Source: WHO and Ministry of Health and Population Nepal.